धनगढी – सेती प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिको पदभार ग्रहण, सेवा सुधारमा जोड

धनगढी – सेती प्रादेशिक अस्पतालमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीहरूलाई स्वागत गर्दै पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्र भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बलराम जैशी भट्ट अध्यक्षका रूपमा प्रमुख अतिथी रहँदा सदस्यहरू दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह विशिष्ट अतिथीको रूपमा सहभागी भए।

कार्यक्रममा नव नियुक्त पदाधिकारीहरूलाई टीका, खादा र मालाले सम्मानपूर्वक स्वागत गरिएको थियो। डा. भट्टले अस्पतालको वर्तमान अवस्था र सेवाबारे जानकारी दिँदै ५० शैयाको सरकारी स्वीकृति भएका अस्पतालमा व्यवस्थापन समितिको पहलमा थप ७५ शैया विस्तार गरी हाल ३२५ शैया सञ्चालनमा रहेको बताए।

अस्पतालले डायलाइसिस, पिडियाट्रिक सर्जरी, न्युरो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी र ढाडसम्बन्धी जटिल उपचार सेवा प्रदान गर्दै आएको जानकारी उनले दिए। उच्च बिरामी चापका कारण बेड अभाव रहेको भए पनि अस्पतालमा फार्मेसी, लण्ड्री, सरसफाइ र बायोमेडिकल जस्ता सहायक सेवा विभागहरू सञ्चालनमा रहेको डा. भट्टले बताए।

साथै, अस्पतालमा दक्ष मानव स्रोत उपलब्ध रहेको र विभिन्न तालिम कार्यक्रम, विशेष गरी सिजेरियन सेक्सन तालिमसमेत दिइँदै आएको जानकारी दिँदै डा. भट्टले नयाँ व्यवस्थापन समितिसँग सहकार्यले सेवा सुधारमा सहजता आउने विश्वास व्यक्त गरे।

प्रधान अतिथि तथा व्यवस्थापन समिति अध्यक्ष बलराम जैशी भट्टले आफू धनगढीका बासिन्दा भएको र अस्पतालका समस्या नजिकबाट बुझेको बताए। उनले अस्पताल सुधार र भौतिक विकासमा सहयोग गर्ने उद्देश्यले समिति गठन भएको र कर्मचारीहरूको सुझाव अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ रेडियोलोजिस्ट डा. निरज अर्याल, वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदिप मिश्र सहित अस्पतालका चिकित्सक, कर्मचारी, स्टाफ नर्स र सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार