धनगढीमा उद्योग दर्ता बढ्यो, ८ महिनामा ३९२ थपिए

भक्तराज जोशी

धनगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्मको आठ महिनामा उल्लेख्य रूपमा नयाँ उद्योग दर्ता भएका छन्। यस अवधिमा कुल ३९२ उद्योग थपिएको कार्यालयले जनाएको छ।

सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी १७२ वटा सेवामूलक रहेका छन्। त्यसैगरी १३२ कृषिमूलक र ८८ उत्पादनमूलक उद्योग दर्ता भएका छन्। सोही अवधिमा १७० उद्योगको लगतकट्टा पनि गरिएको छ।

हालसम्म जिल्लामा दर्ता भएका घरेलु तथा साना उद्योगको संख्या १६ हजार १४५ पुगेको छ। यस्तै, स्थानीय व्यापारअन्तर्गत वाणिज्य सम्बन्धी ४४५ फर्म पनि चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता भएका छन्।

राजस्व सङ्कलनतर्फ पनि वृद्धि देखिएको छ। कार्यालयले आठ महिनामा १ करोड ८८ लाख ७४ हजार २१० रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आर्थिक वर्ष २०८१/८२ को १ करोड ६३ लाख ९७ हजार रुपैयाँको तुलनामा बढी हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार