संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबार फर्किँदै, नवनिर्वाचित सांसदहरू चैत १२ मा नयाँ भवनमा शपथ

काठमाडौँः संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबार फर्किँदै छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित २७५ सांसदको शपथ यही चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनमा हुने तय भएको छ।

२०६५ जेठदेखि संविधानसभा बैठकहरू बाहिर बस्दै आएका थिए। विगतमा संविधानसभा गठन भएपछि पुरानो ग्यालरी भवन साँघुरो भएकाले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगमा आएको थियो। तर जेन्जी आन्दोलनमा उक्त भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठकहरू अस्थायी रूपमा सिंहदरबारको कृषि समिति भवनमा सञ्चालन हुँदै आएका थिए।

संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग वार्षिक ५ करोड ६० लाख भाडासहित सम्झौता गरेको थियो, जुन पछि वृद्धि हुँदै १६ करोड ५० लाख पुगेको थियो। जेन्जी आन्दोलनपछि सचिवालयले सम्झौता रद्द गर्दै नयाँ भवन प्रयोगमा ल्याएको छ।

नयाँ संसद् भवन पुतली बगैँचामा निर्माण गरिएको हो। करिब पाँच अर्ब ५०–६० करोड सिभिल निर्माण र दुई अर्ब ३४ करोड ‘इन्टेरियर’ निर्माणमा खर्च हुने अनुमान छ। भवनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, संसदीय दलका कार्यालय, विशिष्ट कक्ष, लाइब्रेरी लगायत १२ भवन रहने छन्। मुख्य भवनमा ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ।

प्रतिनिधिसभा शपथ ग्रहणपछि संघीय संसद्का सम्पूर्ण गतिविधि नयाँ भवनबाट सञ्चालन हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार