भौतिक पूर्वाधार मन्त्री चौलागाईंको ७५ दिन: ५० बुँदे उपलब्धि सार्वजनिक, रुग्ण ठेक्का तोड्नेदेखि नीतिगत सुधारसम्म

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले आफ्नो ७५ दिने कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेको छोटो अवधिमा उनले विकास निर्माणमा रहेका गाँठा फुकाउने, नीतिगत सुधार गर्ने र स्थलगत अनुगमनलाई तीव्रता दिने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेको दाबी गरेका छन् । 

मन्त्रालयद्वारा सार्वजनिक मंगलबार ५० बुँदे उपलब्धिमा रणनीतिक सडक, पुल निर्माण, नीतिगत सुधार र अन्तर-मन्त्रालय समन्वयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
मन्त्री चौलागाईँको कार्यकालमा वर्षौँदेखि अलपत्र परेका (रुग्ण) २३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडिएका छन् भने करिब १५० वटा ठेक्का तोड्ने प्रक्रियामा रहेका छन् । यसै अवधिमा सडक विभागमार्फत १५९ कि.मि. सडक कालोपत्रे भएको छ भने ४६ वटा पुलको निर्माण सम्पन्न भएको छ । यस्तै, नारायणी र बागमती नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’  निर्माणको काम अघि बढेको छ ।

यसैगरी पुरानो राष्ट्रिय यातायात नीति, २०५८ लाई प्रतिस्थापन गरी ‘राष्ट्रिय यातायात नीति, २०८२’ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेश गरिएको छ । विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि नीतिगत अध्ययन, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र डिजिटल मोबिलिटी (राइड शेयरिङ) सम्बन्धी मापदण्ड तयार भएका छन् ।

विकास निर्माणमा बाधक मानिने वन र वातावरण सम्बन्धी समस्या समाधान गर्न वन मन्त्रालयसँग र बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग विशेष समन्वय गरिएको पनि उनको भनाइ छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार