चितवन निकुञ्जमा प्रविधिसहित चोरीसिकारी नियन्त्रणमा सफलता

चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा प्रविधिको व्यापक प्रयोग गर्दै चोरीसिकारी नियन्त्रणमा सफलता पाएको छ। नियमित गस्ती, स्वीप र एम्बुसिङ्गसँगै अब निकुञ्जमा रियल टाइम मनिटरिङ, सिसीटिभी, ड्रोन, भेइकल ट्र्याकिङ रेकर्ड प्रणाली जस्ता प्रविधिहरू प्रयोगमा ल्याइएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चार तालिमप्राप्त कुकुरहरू पनि सुरक्षामा परिचालित छन् भने पैदल, साइकल, हात्ती, डुङ्गा र अन्य सवारी साधनबाट गस्ती जारी छ। प्रविधिको प्रयोगले वन्यजन्तु चोरी र अपराधमा संलग्न व्यक्तिहरू नियन्त्रणमा लिन मद्दत गरेको छ।

थापामगरले बताएअनुसार, स्थानीय युवा परिचालन समिति, नेपाली सेना र निकुञ्ज कर्मचारीहरूको सक्रिय सहभागितासँगै चोरीसिकारी न्यूनीकरणमा उल्लेख्य सफलता हासिल भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार