दार्चुलामा जुवा खेल्दै ७ जना नगदसहित पक्राउ

दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। महाकाली नगरपालिका–४ तल्लासैनमा सञ्चालनमा रहेको अपि रेस्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोलीले सोमबार साँझ छापा मारेको थियो।

छापाका क्रममा रेस्टुरेन्ट सञ्चालक ५२ वर्षीय मोहन सिंह बिष्टसहित अन्य ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको साथबाट नगद ५० हजार २०५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार