धनगढी: कैलालीमा शुक्रबार परेको भारी वर्षाले इँटा उद्योगलाई ठूलो आर्थिक नोक्सान पुर्याएको छ। जिल्लाका ५२ वटा इँटा उद्योगमा करिब ७ करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको छ।
उद्योगीहरूको अनुसार, प्रत्येक उद्योगमा करिब ५ लाखदेखि ७ लाख रुपैयाँ मूल्य बराबरको काँचो इँटा वर्षाले बिग्रिँदा लगानी डुबेको छ। सेती–महाकाली इँटा उद्योग सङ्घका अध्यक्ष विनोदकुमार शाहले यसले उद्योगीहरूलाई ठूलो आर्थिक संकटमा पारेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्