कञ्चनपुरमा नाबालिकामाथि सामूहिक बलात्कार, अभियुक्त पक्राउ

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा अछामकी एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ। पीडित बालिकाको परिवार आर्थिक रूपमा कमजोर छ, बुवाको मृत्यु भइसकेको छ, र आमाले सानो पसल चलाउँदै परिवार पाल्दै आएकी छिन्।


फागुन २७ गते दिउँसो १२:३० बजे बालिका बाहिर निस्किँदा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय अटो चालक नरेश गिरी र ४० वर्षीय हीरा नाथले उनलाई जङ्गलमा लगेर सामूहिक बलात्कार गरेका थिए।

घटनापछि प्रहरीले दुवै अभियुक्तलाई दोस्रो दिनै नियन्त्रणमा लिइएको थियो। अनुसन्धान जारी राख्दै अदालतबाट हिरासत म्याद थप गरिएको छ। पीडित बालिकालाई हाल माइती नेपालको सेफ हाउसमा सुरक्षित राखी मनोपरामर्श र हेरचाह दिइँदैछ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा संरक्षकहरूको प्रत्यक्ष संलग्नता नभएको उल्लेख गरेका छन्। घटनामा बालिकालाई कसरी प्रलोभनमा पारियो र वयस्कहरूले अमानवीय कार्य गरे भन्ने पक्षमा गम्भीर छानबिन भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार