रास्वपाका सभापति रवि लामिछानेसँग जोडिएको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि आइतबार महान्यायाधिवक्ताको कार्यालयले अदालतको मागअनुसार मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल पेस गरेको थियो।
यस प्रकरणमा बिहीबार न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनसम्बन्धी निर्देशन र त्यससँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको थियो।
यसैबीच, गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो।




प्रतिक्रिया दिनुहोस्