कञ्चनपुरमा खैरो हिरोईनसहित २ जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोईनसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ कलुवापुरका २४ वर्षीय भिम राना र सोही नगरपालिका–५ गुलरियाका २६ वर्षीय आकाश राना रहेका छन्।

आइतबार साँझ बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा चेकजाँचका क्रममा उनीहरू सवार सुदूरपश्चिम प्रदेश ०१–००८ प ९७३० नम्बरको मोटरसाइकलबाट ९ ग्राम ६५० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार