सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा आईजी एपीएफ कोमेन्डेशन प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई आईजी एपीएफ कोमेन्डेशनबाट सुशोभित गरेका छन् । 

आइतबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक अर्यालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा घोषित उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानित हुनेहरूमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, चर्चित गायक दीपक लिम्बू र विख्यात पर्वतारोही टासी लाक्पा शेर्पा रहेका छन् ।

महानिरीक्षक अर्यालले सुशोभित हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा समेत उनीहरूबाट मुलुक र संगठनका लागि यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए ।

सम्मान ग्रहण गरेपछि गायक दीपक लिम्बूले संगठनप्रति हार्दिक आभार प्रकट गर्दै यसले आफूलाई थप उत्साहित बनाएको र खुशी लागेको बताए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार