कांग्रेस बैठकमा प्रस्ताव : भोट हाल्न नजाने, चुपचाप बस्ने नेतालाई सम्मान गरौँ

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा हालै सम्पन्न प्रतिानिधिसभा निर्वाचनमा असहयोग गर्ने नेताहरूलाई कारबाही नगर्ने भए सम्मान गर्न प्रस्ताव गरिएको छ । फागुन २१ को निर्वाचनको समीक्षा र सभापति गगनकुमार थापाको राजीनामा केन्द्रित बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य शम्भु बुढाथोकीले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पटक-पटक मन्त्री भएका, फाइला लिएकाहरूले नै भोट नहालेकोमा आक्रोश व्यक्त गरे । ‘पटक-पटक फाइदा लिएका सांसद र मन्त्री भएका मानिसहरू साथीहरूले पनि भोट हाल्नुभएन, चुनावमा साइलेन्ट बस्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले उनलाई उदृत गर्दै भने, ‘तिनीहरू सधैँभर पार्टीविरूद्ध लाग्ने भए र कारबाही नगर्ने भए सम्मान गरौं ।’

आजको बैठकमा पनि अधिकांशले सभापति गगनकुमार थापाको राजीनामा विधान बमोजिम भए पनि अस्वीकृत गर्नुपर्ने बताएका छन् ।

प्रेमबहादुर खड्काले बैठकमा भने, ‘उहाँक‍ो राजीनामा विधान बमोजिम ठिक छ । तर, विधानअनुसार अस्वीकृत गर्नुपर्छ । आजै सभापतिलाई राजीनामाबाट रिलिज गर्नुपर्छ, अस्वीकृत गर्नुपर्छ ।’

अर्का नेता जगन जोशीले चुनावको मुखमा जेनजी आन्दोलनसम्बन्धी बीबीसीले सार्वजनिक गरेको भिडियोले पनि चुनाव हारेको तर्क गरे । ‘बीबीसीको भिडियो चुनाव नकारात्मक असर पार्ने कुरामा कारक बन्यो, जनताको दिमागमा पर्‍यो,’ जोशीले भने ।

नेता विजय स्वारले पनि सभापतिको राजीनामा विधानसम्म्त भए पनि यसलाई कार्यसमितिबाट अस्वीकृत गर्नुपर्ने बताए ।

विनिता खड्काले भने जेनजी आन्दोलनमा नेताको घरमा जलेको पैसा भनेर सार्वजनिक भएका भिडियोका बारेमा भोट माग्न जाँदा जनताले प्रश्न उठाएको बताइन् । चुनाव हार्नुका कारणबारे सुनाउँदै उनले भनिन्, ‘नेताको घरमा जलेको पैसाबारे जनताले प्रश्न उठाए ।’

नेता प्रकाश पन्तले क्रियाशील सदस्यले नै मत परिवर्तन गरेकोले गाह्रो भएको बताए । विगतमा भएका गठबन्धन संस्कृतिले यसलाई मलजल गरेको उनको भनाइ छ ।
बसन्त भट्टराईले भने चुनावका लागि तयारी नपुगेको र भ्रातृ संस्थाहरूले उद्देश्यअनुसार काम नगर्नु पनि चुनाव हार्नुको कारण रहेको बताए ।

‘हामीले पाँच दिनमा टिकट वितरण गर्‍यौँ विशेष महाधिवेशन पश्चात्, चुनावका लागि तयारी पुगेन । यसले असर गर्यो,’ उनले भने, ‘साथै गठबन्धनमा भ्रष्टाचार र कुशासनले जनता आजित हुँदा हामीले चुनाव हार्नुपर्यो । क्रियाशील सदस्यतामा रिर्फम गरिनुपर्छ । भातृ संस्थाले उद्देश्यअनुसार काम गरेन ।’

गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले विशेष महाधिवेशन भएकै कारण १६५ क्षेत्रमा कांग्रेस चुनावी अभियान लिएर जनतामाझ जान सकेको बताए । त्यस्तै उनले विगतमा पनि आन्दोलनमा जसले नेतृत्व गर्छ उसैले चुनाव जितेको इतिहास रहेको बताउँदै यसपटक कांग्रेस चुकेको बताए ।

‘हिजोको अवस्था भएको भए १६५ क्षेत्रमा चुनाव लड्न जान सक्थ्यो ? गठबन्धन हुने थियो नि,’ उनले भने, ‘जसले आन्दोलन लिड गर्छ उसैले जित्य‍ो, जस्त‍ो 0४६ मा हामीले, 0६३ मा माओवादीले र अहिले जसले आन्दोलन गर्य‍ो उसले जित्यो ।’

नेता बजरंग नेपालीले अहिलेको परिस्थितिमा चुनावी अभियान लिएर गाउँगाउँ जान सक्नु नै उपलब्धि भएको बताए । तर चुनावमा क्रियाशील सदस्यहरूले नै भोट नहाल्दा समस्या भएको बताए ।

जारी केन्द्रीय समिति बैठकमा ३७ जनाले आफ्नो भनाइ राखेका छन् । हरेकलाई बोल्नका लागि ५ मिनेट समय दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार