सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, साउबाडा गाउँमा घाइते अवस्थामा भेटिएकी ७० वर्षीया महेसरा सुनारको उपचारका क्रममा मृत्यु भएको छ । सुनारमाथि अज्ञात व्यक्तिबाट आक्रमण भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा रहेकी सुनारलाई तत्काल उपचारका निम्ति शनिबार (चैत ७) बेलुका जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा अस्पतालले शनिबारै राति ९ः४५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी निर्देश बरालले जानकारी दिए ।
पोस्टमार्टम रिपोर्टपछि मृत्युको विस्तृत कारण खुल्ने भन्दै उनले थप अनुसन्धान भइरहेको बताए ।




प्रतिक्रिया दिनुहोस्