६ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि (आइतबार) सम्मका लागि स्थगित भएको छ ।
आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।
बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो ।
उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।
साथै, उपसभापति शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए ।
आजको बैठकमा सोही प्रतिवेदनमाथि छलफल चलेको नेताहरूले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्