बाजुरामा वर्षासँगै हिमपात

बाजुरा : बाजुरामा शुक्रबार बिहानैदेखि सुरु भएको अविरल वर्षा र उच्च हिमाली भेगमा भएको हिमपातले जनजीवन प्रभावित बनाएको छ।

बिहीबार साँझदेखि मौसममा आएको बदलीसँगै सुरु भएको मौसमी गतिविधिले जिल्लाको सडक र विद्युत् सेवा अवरुद्ध भए पनि कृषकहरूमा भने उत्साह जगाएको छ।

वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू-भागमा पुनः हिमपात भएको छ। माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ। माघमा भारी हिमपात भएको थियो भने चैतमा बेसी क्षेत्रमा वर्षा र उच्च क्षेत्रमा हिमपात हुँदै आएको छ।

लगातारको वर्षापछि उच्च हिमाली तथा लेकाली क्षेत्रहरू हिउँले सेतामय बनेका छन्। बडीमालिका, गौमुल, हिमाली, त्रिवेणी र बुढीनन्दा लगायतका पालिकाका उच्च क्षेत्रहरूमा हिमपात भएको छ भने अन्य पालिकामा वर्षा भइरहेको छ।

वर्षा र हिमपातका कारण किसानहरू भने उत्साहित भएका छन्। हिउँदे बाली सप्रिने र फलफूल खेतीमा समेत राहत पुग्ने भन्दै स्थानीय कृषकहरू खुसी भएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

यता, लगातारको वर्षाका कारण सडकखण्डहरू हिलाम्मे बनेका छन्। मार्तडीदेखि पूर्वी-उत्तरी भेग जाने सडकमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

त्यस्तै, विद्युत् आपूर्ति पनि अवरुद्ध बनेको छ। वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि बिहानैदेखि सेवा प्रभावित भएको छ। चिसो अत्यधिक बढेपछि स्थानीय प्रशासनले घरभित्रै बस्न, न्यानो कपडा प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार