जेनजी आन्दोलनका घाइतेलाई अन्तिम मौका, चैत २० मा वर्गीकरण गरिने

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरण प्रक्रियामा समावेश हुन छुटेका व्यक्तिहरूका लागि अन्तिम अवसर प्रदान गरेको छ।

शुक्रबार जारी सूचनाअनुसार आगामी चैत २० गते अन्तिम पटक घाइतेहरूको वर्गीकरण गरिनेछ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार विभिन्न कारणले अघिल्लो प्रक्रियामा सहभागी हुन नसकेकाहरूलाई लक्षित गर्दै यो व्यवस्था गरिएको हो।

वर्गीकरणमा सहभागी हुन इच्छुक घाइतेहरूले चैत २० गते दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित हुनुपर्नेछ। आवेदनका लागि उपचार तथा स्वास्थ्य परीक्षणसम्बन्धी सक्कल कागजात, जेनजी घाइते परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने र घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रशासनले जनाएको छ।

‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण सम्पन्न गरिसकेको छ। यसअघि मंसिर ५, मंसिर १२ र माघ १८ गते पनि वर्गीकरण प्रक्रिया सम्पन्न भइसकेको प्रशासनले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार