कैलालीमा ग्यास अभावको हल्ला गलत, बजारमा पर्याप्त आपूर्ति

धनगढीमा ग्यास अभाव भएको हल्ला फैलिन थालेपछि कैलाली उद्योग वाणिज्य संघले बजार अनुगमन गरेको छ। वरिष्ठ उपाध्यक्ष केशव राज जोशीको नेतृत्वमा गरिएको अनुगमनमा ग्यासको अभाव नरहेको पाइएको हो।

ग्यास डिलर्स एसोसिएसन कैलालीका अनुसार बजारमा पर्याप्त ग्यास उपलब्ध छ र उपभोक्ताले सहज रूपमा पाउने अवस्था रहेको छ। हाल लागू गरिएको नीतिअनुसार सिलिन्डर आधा भरिने व्यवस्था गरिएकोले सबैलाई ग्यास वितरण सहज भएको बताइएको छ।

अनुगमन टोलीले हल्लाको पछि नलाग्न आग्रह गर्दै मूल्य र तौलमा कडाइ गरिएको जनाएको छ। कुनै किसिमको कालोबजारी पाइए कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार