स्वाट्टै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै शुक्रबार छापावाल सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको छ । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार