दीपेन्द्रले जेबी ब्रुग्सबाट इयू टी-२० बेल्जियम खेल्ने

  • नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन्।
  • जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ।
  • प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् र १८ नेपाली खेलाडीले ड्राफ्टमार्फत् भाग लिनेछन्।

६ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् ।

जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ।

जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । दीपेन्द्र एनपीएलमा भने सुदूरपश्चिम रोयल्सबाट खेल्छन् ।

जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका राशी भान डेर डुसेन अनुबन्ध गरिसकेको छ ।

प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुँदैछ, जसमा १८ नेपाली खेलाडी पनि सहभागी हुनेछन्।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी-२० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।

सहभागी टोलीमध्ये एक लियेज रेड लायन्सले नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार