धनगढी: धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा दुई वटा पक्की पुल निर्माण सम्पन्न भएका छन्।
सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार जोनापुर र रसुकुटी खोलामा ती पुल निर्माण गरिएको हो। दुवै पुल करिब तीन करोड १५ लाख रुपैयाँ लागतमा निर्माण भएका हुन्।
पुल निर्माणसँगै उक्त क्षेत्रमा कालोपत्रे कार्य तथा खोलाको किनारमा तटबन्धसमेत गरिएको छ, जसले सडकलाई थप सुरक्षित र दिगो बनाउने अपेक्षा गरिएको छ।
निर्माण कम्पनीले गत साता नै दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको इन्जिनियर देवकोटाले जानकारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्