धनगढी: कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्रै चोरी गर्न खोज्ने दुई युवकलाई स्थानीयको सतर्कताले नियन्त्रणमा लिइएको छ।
शुक्रबार बिहान बसभित्र प्रवेश गरी चोरी गरिरहेको अवस्थामा बझाङ घर बताउने करन धामी र सुवाश बोहरालाई रंगेहात समातिएको प्रहरीले जनाएको छ। स्थानीयले नियन्त्रणमा लिएपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका धामी यसअघि पनि पटक–पटक चोरी मुद्दामा समातिँदै आएका व्यक्ति हुन्। उनी तीन दिनअघि मात्र हिरासतबाट छुटेका थिए।
हाल दुवै जनालाई इप्रका मालाखेतीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्