रवि लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ ।

न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा गत चैत १ गतेदेखि जारी रहेको बहस आज सकिएको हो ।

निवेदकको तर्फबाट जवाफी बहस सकिएपछि फैसलाको प्रतीक्षा सुरु भएको छ । भ्याएसम्म आजै फैसला हुने नत्र भोली हुने अदालत स्रोतले जानकारी दिए ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय लिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार