काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा ५ हजार ४ सय र चाँदी १४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातुको ५ हजार १० कायम भएको छ ।
बुधवार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातु ५ हजार १५० कायम भएको थियो ।




प्रतिक्रिया दिनुहोस्