सुदूरपश्चिमका मुख्यमन्त्रीको ‘पावर’ चल्दा भट्ट च्याप्पै

धनगढीः सुदूरपश्चिम प्रदेश वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट अस्ति पक्राउ परे। उनलाई सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार भट्टविरुद्ध मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

स्रोतका अनुसार मुख्यमन्त्री शाहले पावर लगाएरै भएपनि उनलाई थुनाउन खोजेकोमा हिरासत म्याद थपिएको थपियै छ। अस्ति २ दिनको म्याद थपेकोमा प्रहरीले आज पुनः ५ दिनका लागि म्याद थपेको पाइएको छ। मुख्यमन्त्रीको प्रेसरमा न्यायाधीशसमेतलाई झुक्क्याएर उनीमाथि म्याद थपिएको आरोप समेत लागेको छ। यद्यपि प्रहरीले सो कुरालाई अस्वीकार गरेको छ।

भट्टले केही दिनअघि सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर सरुवा गरिएको आरोप लगाएका थिए। उक्त आरोप सार्वजनिक भएपछि मन्त्रालयले उनीसँग स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई पक्राउ गरिएको हो।

यसबीच घटनापछि प्रमुख प्रतिपक्षी दल नेकपाले निष्पक्ष छानबिनको माग गरेको छ। संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीले नैतिकता देखाउँदै छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। उता मुख्यमन्त्री शाहले भने आफूमाथि लगाइएको आरोप असत्य रहेको दाबी गर्दै कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन्।

यस प्रकरणसँगै मुख्यमन्त्री शाहका अघिल्ला निर्णयहरू पनि पुनः चर्चामा आएका छन्। यसअघि उनले लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि तत्कालीन वन मन्त्री लक्ष्मणकिशोर चौधरीलाई २०८१ चैत १६ गते राजीनामा दिन लगाएका थिए।

त्यसपछि अनुदान वितरणमा अनियमितता आरोप लागेका अर्का वन मन्त्री रामेश्वर चौधरीलाई २०८२ असार १९ गते पदबाट बर्खास्त गरिएको थियो। हाल वन मन्त्रालय मुख्यमन्त्री शाह आफैंसँग छ।

पूर्व वन मन्त्री लक्ष्मणकिशोर चौधरीले आफूविरुद्ध आरोप लाग्दा निष्पक्ष छानबिनका लागि राजीनामा दिएको स्मरण गराउँदै मुख्यमन्त्रीले पनि नैतिकता देखाउनुपर्ने बताएका छन्। उनका अनुसार आरोप लागेपछि पदमा बसिरहनु उपयुक्त नहुने र छानबिनका लागि मार्ग खुला गर्नुपर्ने हुन्छ। भट्टको पक्राउपछि सामाजिक सञ्जालमा मुख्यमन्त्रीको व्यवहारप्रति तीव्र आलोचना सुरु भएको छ।

र, यो पनि : सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुसकाण्डको आरोप लगाउने भट्ट पक्राउ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार