आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

५ चैत, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन पनि बुझाइँदै छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ ।

आयोगले सोमबार सार्वजनिक गरेको ११० जना समानुपातिक सांसदहरुको विवरण अनुसार रास्वपाका ५७ जना समानुपातिक सांसद छन् ।

प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकबाट २० र प्रत्यक्षतर्फ ९ सिट जितेको नेककपा एमालेले समानुपातिकबाट १६ सिट जितेको छ ।

यसैगरी प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकबाट ९ सांसद पाएको छ ।

प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टी र १ सिट जतेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ समान ४/४ जना सांसद पाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार