कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु

धनगढीः कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका–५ बजैपुर स्थित ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार कैलारी गाउँपालिका–५ बस्ने ६० वर्षीय कलसु चौधरी र उनकै श्रीमती ७० वर्षकी सेतानु चौधरीको वुधवार राति मृत्यु भएको हो।

दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गोरु गाढमा बाँधिएको एक वटा गोरु मरेको छ भने एउटा गोरु घाईते भएको छ। ट्रक र ट्रक चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार