बाजुराबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार, सुर्खेतमा उपचार जारी

सुर्खेत: बाजुराको बडीमालिका गाउँपालिकाकी २१ वर्षीया सुत्केरी सरता रोकायालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।

मंगलबार राति सुत्केरी भएकी रोकायामा अत्यधिक रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। त्यसपछि उनलाई तत्काल थप उपचारका लागि रिफर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

चिकित्सकको सल्लाहअनुसार सुविधासम्पन्न अस्पतालमा लैजान आवश्यक भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको हो।

हाल उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार