बालेन शाह रास्वपाको अभिमुखीकरणमा नजाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहभागी नहुने भएका छन् ।

काठमाडौँको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज बुधबार सकिँदैछ । अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह सहभागी नहुने भएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने जानकारी दिए ।

उनले वरिष्ठ नेता आगामी सरकारको गृहकार्यमा रहेको र केही दिनमा शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले उनी सहभागी नभएकोमा कुनै अर्थ लगाउन जरुरी नभएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार