अवतरण गर्ने क्रममा खोटाङमा हेलिकोप्टर दुर्घटना, एक घाइते, पाइलट  सकुशल

काठमाडौँ — काठमाडौं  एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको हेलिकोप्टर खोटाङमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। 

आज बिहान काठमाडौंबाट ५ जना यात्रु बोकेर उडेको 9N-ASQ दर्ता नम्बरको हेलिकोप्टर ११ :५१ बजे खोटाङको बेलाबेसी भन्ने गाउँस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा  एक यात्रु काटीबहादु राई घाइते भएका छन् भने अन्य यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको कम्पनीले जनाएको छ। घाइतेको उद्धारका लागि 9N-ANA दर्ता नम्बरको अर्को हेलिकोप्टर घटनास्थलमा पठाइसकिएको छ।

कम्पनीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण तीव्र हावा वा धुलो हुन सक्ने अनुमान गरिएको छ। 

कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले प्रारम्भिक जानकारी दिँदै  भने, ‘अवतरणका बेला हावाको गति केही बढी थियो र धुलो पनि उडेको कारण हुन सक्छ ।  जस्ले गर्दा  दृश्यता प्रभावित हुँदा सन्तुलन बिग्रिएको हुनसक्छ। विस्तृत कारण भने प्राविधिक जाँचपछि मात्रै खुल्नेछ।’

हेलिकोप्टरका पाइलट सबिन थापा सकुशल रहेको पनि जानकारी दिइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ भने सम्बन्धित निकायले अनुसन्धान सुरु गर्ने तयारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार