मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छु : आशिका तामाङ

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसद्मा बोल्न र प्रस्तुत हुन दुई दिनदेखि क्लास लिइरहेकी छिन्।
  • रास्वपाले ललितपुर ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
  • सांसद तामाङले आफूलाई धेरैले उल्लिबिल्लि लगाएको र क्लासले त्यसमा सहयोग गरेको बताइन्।

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् ।

रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ ।

सांसद तामाङले आफूलाई धेरैले उल्लिबिल्लि लगाइरहेको गुनासो पनि गरिन् ।

‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ,’ सांसद तामाङले भनिन्, ‘आशिका तामाङलाई बोल्न आउँदैन भनेर । त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु । तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’

उनले अहिले आफू जवाफ दिने ठाउँमा पुगेको र त्यो ठाउँ असहज भएको पनि बताइन्  ।

‘जवाफ दिने ठाउँमा आफैं छु । त्यसकै लागि हाम्रो दुई दिने क्लास एकदमै राम्रो भइरहेको छ । मलाई यही पीर थियो, मलाई यो देशमा प्रधानमन्त्री मात्रै नयाँ होइन,’ सांसद तामाङले भनिन्, ‘धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो वेरेन्टेशन क्लास राखेको छ । यो राम्रो भएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार