‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायी हुँदैन

भक्तराज जोशी
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी जितले दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने बताएका छन्।
  • पोखरेलले भारतको सन् १९८४ को चुनावमा कांग्रेसको सफलतालाई उदाहरण दिँदै दीर्घकालीन सफलता संगठन र निरन्तर जनसमर्थनमा निर्भर रहने बताए।
  • नेपालमा पनि चुनावी लहरभन्दा जनअपेक्षा पूरा गर्ने क्षमता र संगठन सुदृढीकरण दीर्घकालीन सफलताको आधार भएको पोखरेलले उल्लेख गरे।

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सो धारणा सावर्जनिक गरेका हुन् ।

भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालमा देखिएको ‘बालेन लहर’सँग तुलना गर्दै उनले लेखेका छन्, ‘चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन ।’

पोखरेलका सन् १९८४ मा भारतको लोक सभामा राजीव गान्धी नेतृत्वको कांग्रेस (आई) ले ऐतिहासिक सफलता हासिल गरेको थियो । तर, त्यसपछिका वर्षहरूमा कांग्रेस क्रमश: कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त बन्दै अघि बढेको पोखरेलको विश्लेषण छ । अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालसम्म सरकारमा पुगेको उदाहरण दिँदै उनले दीर्घकालीन सफलता संगठन, कार्यक्षमता र निरन्तर जनसमर्थनमा निर्भर रहने बताएका छन् ।

नेपालको सन्दर्भमा पनि चुनावी ‘लहर’ मात्र निर्णायक नहुने उल्लेख गर्दै पोखरेलले लेखेका छन्, ‘जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन् ।’

उनले यो शिक्षा जित्ने र हार्ने दुवै पक्षका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

https://www.facebook.com/share/p/1B1nwPsRfh

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार