प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गर्नुका साथै रुद्राभिषेक पूजा गरेकी छन् ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै उनले बुधबार प्रधानमन्त्रीले पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी प्रेस नोटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थायित्वको दिशातर्फ अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेकी छन् । साथै, आगामी दिनमा मुलुक अझ प्रगतिशील मार्गमा अगाडि बढोस् भन्ने कामना पनि उनले व्यक्त गरेकी छन् ।

उनले देशभरका नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैलाई सहकार्य गर्न आह्वान समेत गरेकी छन् ।

उक्त पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोष का सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायतको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार