ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी

काठमाडौँ– संसदमा पाँच सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई आफ्नो संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। 

शाही यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी भएका एक्ला उम्मेदवार हुन्।

यसपटक राप्रपाको चुनावी प्रदर्शन अघिल्लो निर्वाचनको तुलनामा कमजोर देखिएको छ। २०७९ सालको निर्वाचनमा पार्टीले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी कुल १४ सिट जितेको थियो भने यसपटक प्रत्यक्ष एक र समानुपातिक चार गरी जम्मा पाँच सिटमा सीमित भएको छ।

अघिल्लो संसदमा पार्टी पाचौं ठूलो दलको दर्जामा रहे पनि यसपटक छैटौँ स्थानमा झरेको छ। लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले पछाडि पार्न सफल भएको देखिएको छ।

ज्ञानेन्द्र शाहीको प्रत्यक्ष जीतले राप्रपाको राष्ट्रिय पार्टीको मान्यता कायम राख्न मद्दत गरेको छ। संविधान अनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन कम्तीमा एक प्रत्यक्ष सिट जित्नु आवश्यक रहेको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार