चलचित्र पत्रकार सङ्घद्वारा कैलालीको एसके सिनेमा हल सम्मानित

धनगढी: चलचित्र पत्रकार सङ्घ नेपाल, कैलाली शाखाको दोस्रो अधिवेशनको अवसरमा पहलमानपुरस्थित एसके सिनेमा हललाई सम्मान गरिएको छ।

कार्यक्रमका क्रममा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामीले कदरपत्र प्रदान गर्दै सिनेमा हललाई सम्मान गरेका हुन्। नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

कदरपत्रमा सिनेमा हलले नेपाली चलचित्र संस्कृतिको संरक्षण, स्थानीयस्तरमा चलचित्रप्रतिको आकर्षण बढाउन तथा कला–संस्कृतिको प्रवर्द्धनमा खेलेको भूमिका प्रशंसनीय र प्रेरणादायी रहेको उल्लेख गरिएको छ।

साथै, सिनेमा हलप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली चलचित्र क्षेत्रको उन्नति र समृद्धिमा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार