इरानले पहिल्यै दिएको थियो अमेरिकी सैन्य कारबाहीले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी

 सारांश

  • इरानले अमेरिकाको सैन्य हस्तक्षेपले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएको छ।
  • इरानले हर्मुजमा जहाज आवतजावत र ऊर्जा आपूर्तिबारे कडा चेतावनी दिएको थियो।
  • इरानले कतार, बहराइन, जोर्डन, यूएई, कुवेत लगायतका देशहरूमा आक्रमण गरेको छ।

तेहरान । अमेरिकाको सैन्य हस्तक्षेपले व्यापक क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी इरानले पहिले नै दिएको खुलासा भएको छ । इरानका सर्वाेच्च नेता आयतुल्ला अली खामेनीले फेब्रुअरी १ मा सन् १९७९ को इरानी इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सवका अवसरमा बोल्दै यस्तो चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘अमेरिकाले बुझ्नुपर्छ कि यदि उसले युद्ध सुरु गर्छ भने, यसपटक त्यो क्षेत्रीय युद्ध हुनेछ ।’

इरानले यसअघि पनि स्टेट अफ हर्मुजमा जहाज आवतजावत र ऊर्जा आपूर्तिबारे कडा चेतावनी दिँदै आएको थियो । इरानी इस्लामिक रिभोल्युसनरी गाड्र्ज कप्र्स (आईआरजीसी)का नौसैनिक कमाण्डर अलिरेजा ताङ्सिरीले हालै सामाजिक सञ्जालमार्फत स्टेट अफ हर्मुज पार गर्न चाहने जहाजहरूले इरानको अनुमति लिनुपर्ने बताएका थिए । चेतावनी नमान्ने केही जहाज फसाइएको दाबी समेत उनले गरेका थिए ।

फेब्रुअरी २८ यता इरानले अमेरिकी सैन्य उपस्थित भएका मध्यपूर्वका विभिन्न देशहरू कतार, बहराइन, जोर्डन, यूएई र कुवेतमा बारम्बार आक्रमण गरिरहेको छ । यसका साथै अमेरिकासँग नजिक मानिने ओमान र साउदी अरबलाई समेत निशाना बनाइएको छ । यसले पश्चिम एसियामा तनाव थप चर्किएको छ ।

इरानले खाडी क्षेत्रका अन्य देशहरूमा हमला गर्ने अपेक्षा नगरेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ले भने बताएका छन् । सोमबार उनले भने, ‘कसैले पनि इरानले यस्तो प्रतिक्रिया दिने अपेक्षा गरेका थिएनन् ।’ इरानको यो कदमले ट्रम्प छक्क परेका छन् । ट्रम्पका अनुसार अमेरिकाले पछिल्ला दुई सातामा इरानले अन्य देशहरूलाई निशाना बनाउने अनुमान नगरेको थियो । उनले इरानसँग ठुलो सैन्य क्षमता रहेको पनि स्वीकार गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार