जनतालाई व्यवहारले मेरो लागि सरकार बनेको हो भन्ने देखाउनुपर्छ : डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले जनतालाई व्यवहारले मेरो लागि सरकार बनेको हो भन्ने  देखाउनुपर्ने बताएका छन् ।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मतले थप जिम्मेवार र गम्भीर बनाएको बताएका छन् । ‘यो मौका त्ययिकै आएको छैन,’ उनले भने,‘ यसलाई हाम्रा माननीय्ज्यूहरूले मनन गर्नुहुनेछ भन्ने लागेको छ ।’  

गम्भीर मोडमा बन्न लागेको सरकारको जिम्मेवारी महत्त्वपूर्ण भएको र हरेक दिन नागरिकले नियाल्ने बताएका छन् । आफ्नो लगानशीलता र क्षमता राष्ट्रलाई सुम्पिनुपर्ने अर्यालले बताए । 

‘यो ऐतिहासिक जिम्मेवारी हो । म सबै निर्वाचित माननीयज्यूलाई जिम्मेवार बन्न पुनः आग्रह गर्दछु’, उनले भने ‘हामीले भाषण गरेर होइन । सभापति र विरष्ठ नेतालाइ कुदाएर होइन, आ– आफ्नो ठाउँबाट सबैले जिम्मेवारपूर्वक काम गर्नु पर्नेछ ।’

उनले आफ्नो क्षेत्रमा गरिएका प्रतिबद्धता र पार्टीको बाचापत्र नभुल्न समेत भनेका छन् । जनताले गरेको लगानीको प्रतिफल दिने गरि काम गर्न उनको आग्रह छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार