म तलब खादिनँ, गाडी पनि चढ्दिनँ : सुधन गुरुङ

काठमाडौँ । रास्वपा सांसद सुधन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन्।

रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन्। साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताए।

‘म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ,’ उनले भने, ‘मेरो आफ्नै गाडी छ। म आफैँ सक्षम छु।’ 

उनले संसद्‍मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार