रास्वपा सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्।
सो सम्बन्धी आफूले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी दिँदै यस्तो बताएकी हुन्। ‘आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु पर्ने छैन,’ उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु।’
कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी उनले गराइन्। साथै, उनले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित भन्दै प्रश्न समेत गरिन्।
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो? र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु!’ उनले भनिन्।




प्रतिक्रिया दिनुहोस्