सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 सारांश

  • मंगलबार सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको छ।
  • चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, प्रतितोला रु ७० ले बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढेको हो।

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । 

सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ । 

त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो ।

चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ ।

१० ग्राम चाँदीको मूल्य मंगलबार रु ४ हजार ५७४ पुगेको छ भने सोमबार रु ४ हजार ५१४ कायम थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार