हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

सुर्खेत- आइतवारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका-१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् ।

आइतवार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतवार बेलुका र ११ वर्षीया आशाको मंगलवार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

मायाको शव लेकबेशी नगरपालिका-३ को पटारेमा र आशाको गुर्भाकोट- १३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए । ‘बेपत्ता आमा र छोरीको लास भेटिएको र पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार