राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई मंगलबार र बुधबार अभिमुखीकरण गर्ने भएको छ।
अभिमुखीकरण मंगलबार बिहान १० बजे रोयल टुलिप होटल ग्वार्कोमा सुरू हुनेछ।
रास्वपाले आवासीय अभिमुखीकरण गर्न लागेको बताएको छ। नवनिर्वाचित सांसदहरूलाई आचारसंहिता जारी गर्दै कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको बताएको छ।
कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न भनिएको पार्टीले जानकारी दिएको छ।
सहभागीलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ, चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सहभागीकै जिम्मेवारी हुने रास्वपाले बताएको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन जारी गरिएको र पोशाक व्यवसायिक क्याजुअल लगाउनुपर्ने उल्लेख छ।
अभिमुखीकरणको समापनमा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।





प्रतिक्रिया दिनुहोस्