- प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिको आकस्मिक अनुगमन गरेका छन्।
- प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू सुन्नुका साथै कर्मचारीलाई छिटोछरितो सेवा दिन निर्देशन दिइन्।
- गृहमन्त्री अर्यालले प्रशासनलाई पारदर्शी बनाउनुपर्ने र विचौलियाविरुद्ध शुन्य सहनशीलताको नीति अपनाइएको चेतावनी दिनुभयो।
२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् ।
नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइन् ।
सोही अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।सेवाग्राहीलाई दु:ख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शुन्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी गृहमन्त्री अर्यालको थियो ।
पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको, लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो व्यापक रूपमा उठ्दै आएको थियो ।





प्रतिक्रिया दिनुहोस्