पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा: दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। 

महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा  महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन्।

साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ। धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार