- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस माग्ने आराेपमा वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पुष्टि गरे।
- मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए र सोही आधारमा भट्टलाई हिरासतमा राखिएको छ।
२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले भट्टलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट केहीबेर अघि पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले भट्टलाई पक्राउ गरिएको पुष्टि गरे ।भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए । साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनकाअनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेकाे आराेपपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण साेधेकाे थियाे । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।




प्रतिक्रिया दिनुहोस्