रवि लामिछानेको मुद्दा सुनुवाइ गर्दा न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध उजुरी परेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै पोखरेलविरुद्ध न्यायपरिषद्‍मा उजुरी गरिएको हो ।

हिजो पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सुनुवाइ गरेका थिए । महान्यायाधीवक्ता कार्यालयले रविविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा पोखरेलले सुनुवाइ गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हालेका युवराज पौडेल (सफल)ले नै न्यायाधीशविरुद्ध उजुरी दिएका हुन् । पौडेलले पोखरेलले पहिले लामिछानेको कानुन व्यवसायीको रूपमा काम गरेकोले स्वार्थ बाझिने कुरा आफ्ना कानुन व्यवसायीले आग्रह गर्दा पनि पोखरेलले नमानेर आचार संहिता उल्लंघन गरेको दाबी गरेका छन् ।

हिजो हेर्दाहेर्दैमा रहेको सुनुवाइ आज पनि जारी रहने भएपछि पौडेल उजुरी बोकेर परिषद पुगेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार