चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

२ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमूना टोलकी १८ वर्षकी एनी तामाङ नाम भएकी एक युवती र सोही ठाँउका २५ वर्षका विजय सुनार रहेका छन् ।

उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको डीएसपी खनालले जानकारी दिए ।

कालिका पदमपुर बस्ने युवतीले फेसबुकबाट चिनजान भएका पुरुषलाई फोनमा कुराकानी गरेर गत फागुन २९ गते जुटपानी मिठुचोकबाट गुम्बा जाने भित्री सडकमा बोलाएर कुटपिट गर्नुका साथैं उनको साथमा रहेको बा.प्र.००४ प ५८८९ नम्बरको स्कुटर लुटेर युवकसहित भागेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार