अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थ क्षेत्रमा नेपाली मौलिक स्वाद प्रस्तुत गर्ने नयाँ रेस्टुरेन्ट ‘लेकाली स्ट्रीट फुड’ संचालनमा आएको छ। शनिबार दिउँसो आयोजित विशेष कार्यक्रमबीच रेस्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो।
रेस्टुरेन्टका सञ्चालक सुबास जोशी र पार्वती जोशीले यहाँ नेपाली मौलिक स्वादका परिकारहरू प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताएका छन्। रेस्टुरेन्टमा विशेषगरी ताजा मोमो, सबै शुद्ध नेपाली परिकार र हिमाली स्वादका परिकारहरू ग्राहकका लागि उपलब्ध हुने जनाइएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली समुदायका सदस्यहरूले सहभागिता जनाएका थिए। आयोजकहरूले रेस्टुरेन्टमा आउने सबैलाई नेपाली स्वाद र संस्कृतिको झल्को दिने परिकारहरूको अनुभव लिन आमन्त्रण गरेका छन्।
लेकाली स्ट्रीट फुड एजवर्थस्थित Unit 2/13 Arnott Street मा सञ्चालनमा आएको छ। रेस्टुरेन्ट सम्बन्धी थप जानकारीका लागि 0449910977 मा सम्पर्क गर्न सकिन्छ।




प्रतिक्रिया दिनुहोस्