चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमा घरजग्गा कारोबार घटेको छ।
यो महिना देशभर ३६ हजार ४ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ।
यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा २८.२५ प्रतिशतले न्यून हो। माघमा ५० हजार ८ सय ३७ संख्यामा घरजग्गा कारोबार भएको थियो।
गत वर्ष फागुनको तुलनामा पनि यो वर्ष घरजग्गा कारोबार २० प्रतिशतले घटेको देखिन्छ। गत फागुनमा देशभर ४६ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।
फागुनमा कारोबारसँगै राजस्वमा पनि कमी आएको छ।
माघमा सरकारलाई पाँच अर्ब रूपैयाँ राजस्व प्राप्त भएकोमा फागुनमा भने ४ अर्ब १४ करोड रूपैयाँमा सीमित छ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।
त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
भर्खरै प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। नयाँ सरकार गठन हुन बाँकी छ।
सरकार गठनपछि घरजग्गाको कारोबार सुधार हुने व्यवसायीको अनुमान छ।




प्रतिक्रिया दिनुहोस्