इनिसा विक हत्याको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग

१ चैत, काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले बालिका इनिसा विक हत्याको निश्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

संगठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापन–पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।

साथै मोर्चाले घटनामा संलग्नलाई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्तिको लागि माग गरेको छ ।

ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ की १६ वर्षीय बालिका विकको हत्या भएको थियो ।

उनको गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भनी घरबाट बाहिर गएको र अबेरसम्म घर नफर्केकाले खोजी गर्दा विरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएको थियो ।

समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रुरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार