कैलाली – सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १२ निवासी मनदेवी बिष्ट (५२) हराएकी छन्। स्थानीय चन्द्रबहादुर बिष्टकी पत्नी मनदेवी बिष्ट २०८२ साल फागुन २८ गतेदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार मनदेवी बिष्ट धनगढी उपमहानगरपालिका वडा नं. १२ अन्तर्गत जुगेडा सी गाउँ डाँडा क्षेत्रबाट हराएकी हुन्। सोही दिनदेखि उनको कुनै अत्तोपत्तो नभएपछि आफन्त तथा स्थानीयले विभिन्न स्थानमा खोजी गरिरहेका छन्। तर हालसम्म उनको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले उनलाई फेला पार्न सबैसँग सहयोगको अपिल गरेको छ। मनदेवी बिष्टलाई कतै देख्नु भएको वा उनको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन वा परिवारको सम्पर्क नम्बर ९८४९६५९९२३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
परिवारले सबैलाई मानवताका आधारमा सहयोग गरिदिन आग्रह गर्दै मनदेवी बिष्ट सकुशल फेला पर्ने आशा व्यक्त गरेको छ।




प्रतिक्रिया दिनुहोस्